KhabarUjyalo

आज काठमाडौँमा सत्ता गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

२३ बैशाख २०७९, शुक्रबार
आज काठमाडौँमा सत्ता गठबन्धनको चुनावी सभा, शीर्ष नेताहरुले सम्बोधन गर्ने

काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनले आज काठमाडौँ उपत्यकामा चुनावी सभा गर्दै छ । हिजो मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । हिजो भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौँमा सभा गर्न लागेका हुन् ।

काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सृजना सिंह मेयरमा उम्मेदवार हुनुहुन्छ भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार हुनुहुन्छ । कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार हुनुहुन्छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo