नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको टाउकोमा धोकेबाजको आरोप नआओस् बताएका छन् ।
विराटनगरमा आज कांग्रेसले गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनलाई धोका नदिन कार्यकर्तालाई आग्रह गरेका हुन् ।
‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ यो राष्ट्रिय आवश्यकताअनुसार बनेको हो,’ उनले भने, ‘गठबन्धनलाई धोका दिनु हुन्न, कांग्रेसको टाउकोमा धोकेबाजको आरोप नआओस्।’

