काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि देशभरका स्थानीय तहका विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ ।
कूल ३५ हजार २२१ पदका लागि वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैछ । निर्वाचन आयोगका अनुसार प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको हो ।
यस्तै वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । तर, अन्तिम सूची प्रकाशन गर्न बाँकी रहेको छ ।

