डडेल्धुरा: प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा कांग्रेस फुटेको छ।
स्थानीयतहको निर्वाचनमा असन्तुष्ट पक्षिय कर्ण मल्ल समुहकले नेपाली कांग्रेस छोडेर नेपाली कांग्रेस (विपि) बाट डडेल्धुराका स्थानिय तहमा उमेदवारी दर्ता गर्ने भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनदेखीको विवादका कारण स्थानीयतहको निर्वाचनमा विभाजन भएका हुन् ।
नेपाली कांग्रेसको छैटौ जिल्ला अधिवेशनबाट निर्वाचित पार्टी सभापति तथा डेल्धुरा जिल्लाको प्रदेश (ख) बाट निर्वाचित प्रदेश सभा सदस्यकर्ण मल्लपक्ष नेपाली कांग्रेस (विपि) बाट स्थानीय तहमा उमेदवारी दिने तयारीमा जुटेको छ।
नेपाली कांग्रेस केन्द्रिय सभापति देउवाले अन्तिम सम्म पनि गृह जिल्लाको पार्टी मिलाउनमा चासो नदिएपछि आफुहरु नेपाली कांग्रेस (विपि) बाट स्थानियतहको निर्वाचनमा जानु परेको विद्यार्थी नेता तेजराज भट्टले बताए ।
नेपाली कांग्रेसबाट उमेदवारी दिने तयारी गरेका थियौँ, केन्द्रिय सभापति देउवाले एकलौटी गर्ने योजना थाहा पाएपछि आफूहरु नेपाली कांग्रेस (विपि)बाट चुनावी मैदानमा जाने तयारी गरेको महिला नेतृ कमला बिष्टले बताईन।
जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा उमेदवारी दर्ता गर्ने तयारी रहेको र जिल्लामा अन्यदलहरु संग तालमेलको प्रयासहरु पनि भइरहेको र उमेदवारी दर्ता गरिने नेपाली कांग्रेस (विपी) का जिल्ला संयोजक तिलक हमालले जानकारी दिए ।
सबै पालिकामा नेकपा एमालेसंग तालमेल भएको संयोजक हमालले जानकारी दिए।
स्थानीय तहमा चुनावी तालमेल गर्न निर्णय संगै भागबन्डा गरेको छ। जसअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा विपी काँग्रेसबाट हरिप्रसाद भट्ट नगरप्रमुखमा र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव लड्ने भएका छन्।अमरगढी नगरपालिकामा विपी काग्रेसकाबाट हरिप्रशाद भट्ट मेयर, उप मेयरमा एमालेका यज्ञराज अवस्थी चुनाव लड्ने भएको छन् । आफुले जितेको अमरगढी एमालेले छोडेर परशुराम नगरपालिका लिएको छ । यर्हाँ नगरप्रमुख केशव बोहरा र उपप्रमुख एमालेकै उम्मेदवारलाई दिने सहमती भएको छ । भने आलिताल गाउँपालिका पनि एमालेलाई नै दिएको छ ।
यस्तै अजयमेरु गाउँपालिका एमालेले अध्यक्ष पदम पाल र विपी काग्रेसबाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुगामा विपी काग्रेसबाट गोकुल शाही अध्यक्ष, तारा खाती उपाध्यक्ष, भागेश्वर गाउँपालिका एमालेलाई नै दिएको छ भने गन्यापधुरामा विपी काग्रेसबाट सुरेन्द्र माली अध्यक्ष एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षका उम्मेदवार हुने भएको उनले बताए
यस अघिनै डडेल्धुरामा २०७८ को फागुन ४ गते नेपाली कांग्रेस विपिको संगठन निर्माण भएको थियो।

