KhabarUjyalo

जसपाका केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश

९ बैशाख २०७९, शुक्रबार
जसपाका केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएकाे छ। आज नेकपा स्थापना दिवसको अवसरमा मोओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, काेटेश्वरमा आयोजित एक कार्यक्रममा उहाँहरु माओवादी केन्द्रमा प्रवेश गर्नुभएकाे हाे ।

माओवादी प्रवेश गर्नेहरु जसपाका केन्द्रीय सदस्य सर्लाहीका डा.अब्दुर रहिम मिक्रानी, केन्द्रीय सदस्य बागलुङका यमबहादुर घर्तीमगर र प्रदेश समिति सदस्य दिलिप थापामगर लगायत रहनुभएका छ। उनीहरुलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत पार्टीका शीर्ष नेताहरुले खादा माला लगाएर पार्टीमा स्वागत गर्नुभएकाे थियाे ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo