गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे (राजिव गुरुङ)ले आफ्नै कर्मचारी कुटे । मन्त्री गुरुङले मंगलबार शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् । रकम वितरण गर्दा पनि तीन लाख पाउने व्यक्तिसँग एक लाख आफूले लिने रहेछ । हाम्रा मान्छेले नै आएर गुनासो गरेपछि बोलाएर सम्झाएको हुँ, कुटेको होइन ।
यस्ता खातेपातेलाई पिट्ने मेरो बानी छैन, अलि ठूलो–ठूलो मान्छेलाई नै पिट्ने गरेको छु । पाउनुपर्ने व्यक्तिले रकम नपाउँदा त्यस चोरलाई आफैँ पाप लाग्छ । कार्यविधि भनेको धेरै गोप्य हुन्छ, मन्त्री र सचिव मिलेर बनाउने हो । कार्यविधि तयार गर्दाका सचिव हाल सरुवा भएर अर्कै प्रदेशमा गइसकेका छन् ।
कार्यविधि बिगारेर रकमसमेत लिएका कारण आफैँ फस्ने देखेपछि मलाई पिट्यो भन्ने आरोप लगाएको छ । मैले योङ केटाको करिअर नबिगारौँ भनेर केही नगरेको हो । आयोग गठन गर्छु, उसले पैसा मागेका मान्छेहरू आएर बयान दिन्छन् । अनि मुद्दा हालेपछि त्यो जेल जान्छ ।

