KhabarUjyalo

‘देउवा प्रवृत्ति बन्द गर, एकलौटीपन बन्द गर’ भन्दै सानेपामा देउवाविरुद्ध नाराबाजी

११ चैत्र २०७८, शुक्रबार
‘देउवा प्रवृत्ति बन्द गर, एकलौटीपन बन्द गर’ भन्दै सानेपामा देउवाविरुद्ध नाराबाजी

काठमाडौं । सानेपास्थित नेपाली कांग्रेसकाे केन्द्रीय कार्यालय अगाडि सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरिएको छ ।

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनप्रति असन्तुष्ट पक्षले शुक्रबार कांग्रेस केन्द्रीय समिति बैठक सुरू हुनैलाग्दा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापतिविरुद्ध प्रदर्शन गरेका हुन् । कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन देउवा केही समयपछि त्यहाँ पुग्दैछन् । शेखर कोइराला समूहका नेविसंघ र तरुण दलका कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

प्रदर्शन गर्ने थाहा पाएपछि बिहानैदेखि पार्टी कार्यालय आसपास प्रहरी परिचालन गरिएको थियो । प्रदर्शनका क्रममा मुख्य सडक अवरुद्ध भएको छ ।

उनीहरूले ‘देउवा प्रवृत्ति बन्द गर, एकलौटीपन बन्द गर, हाम्रो घर (पार्टी कार्यालय) जान दे, नालायक सभापति मुर्दावाद, प्रहरी हस्तक्षप बन्द गर’ जस्ता नारा लगाएका छन् ।

दुई दिनअघि सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा काठमाडौंका दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा पर्वतका विद्वान गुरुङलाई मनोनीत गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo