KhabarUjyalo

धनगढी एफसीको मार्की खेलाडी विशाल राई !

२ चैत्र २०७७, सोमबार
धनगढी एफसीको मार्की खेलाडी विशाल राई !

काठमाडौँ,२ चैत । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत धनगढी फुटबल क्लबले राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राईलाई मार्की खेलाडीका रुपमा सार्वजनिक गरेको छ ।

टिमको लागि अरु खेलाडी र प्रशिक्षक पनि अनुबन्धको प्रक्रिया अगाडि बढिसकेको क्लबले जनाएको छ । धनगढी क्रिकेट लिग (डीसीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) को सफल आयोजनापछि सुबास शाहीले टोली खरिद गरेका हुन् ।

एनएसएलका लागि मार्की खेलाडी घोषणा गर्नेमा धनगढी एफसी पहिलो  फ्रेन्चाइज टोली बनेको छ । एनएसएलका सहभागी ७ टोलीले १/१ खेलाडीलाई मार्की खेलाडी राख्ने प्रावधान छ । गो ड्रिमर्सका तर्फबाट सुवास शाही र विशालले सम्झौता पत्रमा हस्ताछर गरे ।

विशालले आफूले सोचे भन्दा ठूलो कार्यक्रम रहेको भन्दै ठट्यौली पारामा आफ्नो भनाई राखेका थिए । अन्य क्लबबाट पनि प्रस्ताव आए पनि धनगढीको प्रस्ताव र लिग जित्ने योजना चित्त बुझ्दो लागेर आबद्द भएको बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाल स्पोर्टस् एण्ड एभेन्ट्स म्यानेजमेन्टले वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा एनएसएल आयोजना गर्ने जनाएको थियो ।

विशालले पछिल्लो समय मछिन्द्र क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । उनले राष्ट्रिय टोलीबाट १९ खेल खेल्दै ३ गोल गरिसकेका छन् । उनी नेपालले बंगबन्धु गोल्डकप, १३ औं साग र एएफसी सोलिडारिटी कप जित्दा टोलीका सदस्य थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo