KhabarUjyalo

कांग्रेसले असार ५ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन गर्ने

७ फाल्गुन २०७७, शुक्रबार
कांग्रेसले असार ५ गते गाउँ तथा नगरपालिकाको वडा अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी असार ५ गते गाउँ तथा नगरपालिकाका वडाहरुमा अधिवेशन गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी असार ५ गते गाउँपालिका र नगरपालिकाका वडाहरुमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले आगामी असार ७ गते गाउँपालिका र नगरपालिकाको अधिवेशन र आगामी साउन १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा आगामी साउन ३ गते अधिवेशन हुने भएको छ । यस्तै एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्ला अधिवेशनहरुमा भने आगामी साउन ६ गते अधिवेशन हुने छ ।

कांग्रेसले प्रदेश अधिवेशन आगामी साउन १०–११ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७–१० काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo