५ असार २०७८, शनिबार

लिटल फ्लावर प्रिमियर लिगको च्याम्पियन काठमाडौँको हिमालयन ह्वाइट हाउस

२९ फाल्गुन २०७७, शनिबार
लिटल फ्लावर प्रिमियर लिगको च्याम्पियन काठमाडौँको हिमालयन ह्वाइट हाउस

धनगढी : पाँचौ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि हिमालयन ह्वाइट हाउस काठमाडौँले जितेको छ । फाइनलमा साविक विजेता समेत रहेको धनगढीको लिटल फ्लावर स्कुललाई ८० रनले पराजित गर्दै ह्वाइट हाउस च्याम्पियन भएको हो ।

धनगढीस्थित संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । उसका लागि गजेन्द्र बोहराले ७० र सतिश यादवले २९ रन बनाए । लिटल फ्लावरका राज कुमार शाहले ५ विकेट लिए ।


१ सय ६८ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको घरेलु टोली लिटल फ्लावरले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो । लिटल फ्लावरका लागि निशान्त बुढाऐरले १७ र पुष्करराज बडुले अविजित रहदै १४ रन बनाए ।

ह्वाइट हाउसका प्रतिश जिसीले ३ र स्वरुप श्रेष्ठले २ विकेट लिए । म्यान अफ द फाइनल ह्वाइट हाउसका गजेन्द्र बोहरा चुनिए । उपाधिसंगै ह्वाइट हाउसले नगद १ लाख २० हजारसहित ट्रफी प्राप्त गरेको छ भने लिटल फ्लावरले ६० हजारमा चित्त बुझाएको छ । 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी ह्वाइट हाउसका गजेन्द्र बोहरा भए । उनले नगद १० हजार पाए । यस्तै शारदा विद्या निकेतनका दिनेश ओड उत्कृष्ट ब्याट्सम्यान, ह्वाइट हाउसका सन्दिपजंग शाही उत्कृष्ट बलर र लिटल फ्लावरका सचिन भट्ट उदयमान खेलाडी भए । उनीहरुले ५÷५ हजार प्राप्त गरे ।

लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्ट्सको आयोजनामा १५ फागुनदेखि सुरु भएको प्रतियोगितामा देशभरका १६ टीमको सहभागिता रहेको थियो । अर्को बर्ष अझै परस्कृत रुपमा प्रतियोगिता आयोजना हुने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । 

  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo