KhabarUjyalo

भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दिए नेपालका माओवादीबारे विवादास्पद अभिव्यक्ति

२४ फाल्गुन २०७७, सोमबार
भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले दिए नेपालका माओवादीबारे विवादास्पद अभिव्यक्ति

काठमाडौं, २४ फागुन । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा भएको एक कार्यक्रममा नेपालका विवादास्पद अभिव्यक्ति दिएका छन् ।

आदित्यनाथले आज सोमबार महिला दिवसमा लखनउमा भएको एक कार्यक्रममा सबै वर्ग र समुदायलाई संगै लिएर हिँड्न नसके नेपालमा माओवादीको जस्तै हालत हुने टिप्पणी गरेका हुन्। उनले सबै समुदाय नमिलेमा नेपालमा माओवादको जस्तै एउटा विकृत रुप देखापर्ने बताएका छन्।

उनले समाजमा भेदभाव रहेको र यसले विकृत रुप देखाउने भन्दै नेपालमा माओवादको हालतसँग जोडेर अभिव्यक्ति दिएका छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo