KhabarUjyalo

रहेनन् तक्की खान !

२ पुष २०८०, सोमबार
रहेनन् तक्की खान !

धनगढी : धनगढी उपमहानगरपालिका – १ पशुपति टोल निवासी ८० वर्षीय राष्ट्रिय खेलाडी एवम् अभियनकर्ता तक्की खानको सोमबार राती निधन भएको छ ।

उनलाई पश्चिम नेपालमा धेरैले चिन्ने गरेका थिए।

धनगढीको त्रिनगर स्कुलमा ५ सम्म पढेका खानले २०२३ सालतिर सुदूरपश्चिममा सडक विभागको डोजर चलाउने काम गरेका थिए । सो समयमा उनी मात्रै सुदूरपश्चिमका एक्ला डोजर चालक रहेका थिए । उनले काठमाण्डौमा समेत पुर्व राजा महेन्द्र शाहको निगरानीमा करिब ४ महिना डोजर चलाएका थिए ।

त्यहीबाट भारत्तोलन खेल्न सुरु गरेका तक्की खानले देशभर बिभिन्न ठाँउमा भएका खेलमा ४५ भन्दा बढी पदक जितेका थिए । उनले नेपालबाट भारत्तोलन खेल्न बंगलादेश पनि पुगेका थिए । उनले नेपाली चलचित्रमा खलनायको भूमिका पनि निर्वाह गरेका थिए । उनले महानायक राजेश हमाल देखि विराज भट्ट बलिउडका चर्चित नायिका खुस्बु सम्म संगै पनि काम गरेका थिए ।

खलनायकको भूमिकामा अभियन गर्ने खानले मर्म, प्रतिक्षा, भरोसा, बौछार, य कैसिन नाता, उनको अंगरक्षक, सावन, रखवाला, अन्नदाता, अग्निपुत्र लगायत नेपाली ठुला पर्दाका २४ वटा फिल्ममा अभिनय गरेका छन ।

उनलाई सबैभन्दा बढी खाना खाने व्यक्तिका रुपमा चिन्ने गरेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo