KhabarUjyalo

कञ्चनपुरमा ढुङगा प्रहारबाट एक जनाको मृत्यु

May 16, 2024
कञ्चनपुरमा ढुङगा प्रहारबाट एक जनाको मृत्यु

कञ्चनपुरः कञ्चनपुरमा ढुङगा प्रहारबाट एक जनाको मृत्यु भएको छ।

बेलौरी नगरपालिका–६ बिद्यानगर बस्ने  ६४ वर्षीय लक्षि चन्दलाई सोही ठाउँ स्थित बाटोमा हिडीरहेको अवस्थामा अपरिचित ब्यक्तिले ढुङगा प्रहार गरेका थिए। ढुङगा प्रहारबाट गम्भिर घाईते भई प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी हुँदै थप उपचारको लागि निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा चन्दको बुधवार मृत्यु भएको हो।

ढुङगा प्रहार गर्ने ३५ वर्षीय महेश भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सोही नगरपालिकाको दुङ्लीबाट पक्राउ गरेको जनाएको छ। भण्डारीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo