KhabarUjyalo

महिला खुला केन्द्रीय सदस्यमा देउवा समूहका ८ जना विजयी, सर्वाधिक मत डिला संग्रौलालाई

६ पुष २०७८, मंगलवार
महिला खुला केन्द्रीय सदस्यमा देउवा समूहका ८ जना विजयी, सर्वाधिक मत डिला संग्रौलालाई

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका ८ जना विजयी भएका छन् । सोमबार अबेर सम्पन्न मतगणनामा डा. डिला संग्रौलाले सर्वाधिक मतसहित निर्वाचित भएकी छन् । उनले दुई हजार ८८५ मत पाएकी छिन् ।

दोस्रो नम्बरमा रहेकी पुष्पा भुसालले दुई हजार ७१८, तेस्रो नम्बरमा रहेकी आरजु राणा देउवाले दुई हजार ५३६, अम्बिका बस्नेतले दुई हजार ३३९, इश्वरी न्यौपानेले दुई हजार २५९, सरिता प्रसाईंले दुई हजार ९६, रमा कोइराला पौडेलले एक हजार ८५८, सुशीला ढकाल आचार्यले एक हजार ८०४ र रंगमती शाही एक हजार ७८९ मत पाएर विजयी भएका छन् ।

९ सिटका लागि ३० जना उम्मेदवार थिए । ती मध्ये ८ जना देउवा समूहका विजयी भएका छन् । कोइराला समूहबाट एकमात्र सरिता पर्साई विजयी भइन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo