KhabarUjyalo

सुपरओभरमा पुगेको खेलमा नेपाल ओमानसँग पराजित

१९ कार्तिक २०८०, आईतवार
सुपरओभरमा पुगेको खेलमा नेपाल ओमानसँग पराजित

काठमाडौँ । विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित बनेको छ।

सुपर ओभरमा पुगेको खेलमा नेपाल पराजित भएको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८४ रनको योगफल बनाएको थियो। ओमानले पनि निर्धारित ओभरमा १ सय ८४ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो।

सुपरओभरमा ओमानले २१ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले १ विकेट गुमाएर १० रन मात्रै बनाउन सक्यो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo