KhabarUjyalo

१११ क्षेत्रको नतिजा सार्वजनिक : कांग्रेस ३९ अरुको कति ?

९ मंसिर २०७९, शुक्रबार
१११ क्षेत्रको नतिजा सार्वजनिक : कांग्रेस ३९ अरुको कति ?

काठमाण्डाै – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये १११ वटाको नतिजा सार्वजनिक भएको छ । प्राप्त नतिजा अनुसार कांग्रेस ३९, एमाले २६, माओवादी केन्द्र १२ र एकीकृत समाजवादी १० ठाउँमा विजयी भएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी ७ तथा राप्रपा ४ ठाउँमा विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा, जनता समाजवादी पार्टी जसपा र नागरिक उन्मुक्ति पार्टी दुई/दुई ठाउँमा विजयी भएका छन् ।

जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् ।  स्वतन्त्र उम्मेदवारले चार वटा क्षेत्रमा जितेका छन् । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo