KhabarUjyalo

आरजुका स्वकीय सचिव प्रकाश कैलाली ५(२) बाट विजयी

९ मंसिर २०७९, शुक्रबार
आरजुका स्वकीय सचिव प्रकाश कैलाली ५(२) बाट विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवा विजयी भएका छन् ।

देउवाले ९ हजार ५९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले छ हजार ३५१ मत प्राप्त गरेका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गरेका छन् ।

आरजु राणाका स्वकीय सचिव रहेका प्रकाश प्रधानमन्त्री देउवाका भतिजा हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo