KhabarUjyalo

कञ्चनपुर १ मा प्रचण्डकि बुहारीलाई पराजित गर्दै तारालामा तामाङ विजयी

९ मंसिर २०७९, शुक्रबार
कञ्चनपुर १ मा प्रचण्डकि बुहारीलाई पराजित गर्दै तारालामा तामाङ विजयी

कञ्चनपुर।  कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेका उमेदवार तारालामा तामाङ विजयी भएका छन् ।

लामाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)कि बुहारी बिना मगरलाई ५ हजार ५ सय ४२ मत अन्तरले पराजित गरेका हुन् । तामाङले २४ हजार ८९२ मत प्राप्त गर्दा मगरले १९ हजार ३४४ मत प्राप्त गरेकी हुन् ।  

यस्तै नागरिक उन्मुक्ति पार्टीका नन्द कुमार रानाले ८ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले ३ हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले १ हजार ९०६ मत प्राप्त गरे । 

९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ६०४ मत खसेको थियो  भने ३ हजार ६४१ मत बदर भएको छ ।  

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo