KhabarUjyalo

सुर्यले छेकिएका तारा लालटिनले चम्किए !

८ मंसिर २०७९, बिहीबार
सुर्यले छेकिएका तारा लालटिनले चम्किए !

डडेल्धुरा : इमान र निष्ठाको राजनीतिक पहिचान बनाएका डा. तारा जोशी यसपटक डडेल्धुराको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवार भएर चुनाव चिन्ह लालटिन लिएर चुनावीमा होमिए । लालटिन चिन्हबाट प्रदेश ख मा बहालवाला प्रदेश मन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द बोहरालाई जोशीले ४ सय ७४ मतको अन्तरले पराजित गरे ।

यसअघि नेकपा एमाले पार्टीमा सुर्य चुनाव चिन्हबाट पटकपटक पराजय भोग्दै आएका थिए । २०५४ सालमा स्थानिय निर्वाचन पराजित भए ।२०७० साल संविधान सभा र २०७४ आम निर्वाचनमा डडेल्धुरामा शेरबहादुर देउवासंग एमालेबाट पराजित भए ।

प्रदेश सभाको निर्वाचनमा डडेल्धुराको प्रदेश ख बाट स्वतन्त्र उम्मेदवार (लालटिन ) लिए ।

२०७४ सालको निर्वाचनमा प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा अहिले आफ्नै सहयात्री बनेका पुर्व नेपाली कांग्रेसका डडेल्धुरा सभापति कर्ण मल्लसंग एमालेबाट उम्मेदवार बनेका उनले ३५६ मतले पराजय भोग्य । जोशीले एमाले पार्टी नेतृत्वप्रति असन्तुष्ती हुँदै एमाले पार्टी छोडेर एकीकृत समाजवादीमा आएका केन्द्रिय सदस्य बनेका जोशी २०७९ मा स्वतन्त्र उम्मेदवार भएर चुनाव चिन्ह लालटिनबाट भने पहिलो पटक जित निकाल सफल भए । त्यही चुनाव चिन्ह उनका लागी राजनीतिमा चम्किने बाटो बनेको छ । डडेल्धुरा कांग्रेसको किल्लालाई स्वतन्त्र उम्मेदवारले जोशीले पराजय गरेको भन्दै बधाई दिनेको अहिले ओइरो लागेको छ ।

राजनीति यात्रा:-

~ २०४६ – SLC भुबनेश्वरी माबी , नबदुर्गा !
~ २०४७ – विद्यार्थी उमेरमै राजनीतिमा प्रवेश ( के एम सी ) !
~ २०५२ – २४ बर्षकै उमेरमा एमाले जिल्ला प्रमुख !
~ २०५४ – स्थानिय निर्वाचन पराजित !
~ २०५५ – राजनीतिक पत्रकारारिता , बैचारिक संघर्षका लागि ” शिखा ” साप्ताहिकको प्रमुख सम्पादक – कंचनपुर !
~ २०५७ – ६१ राजनीति / डडेलधुरामा ३ ओटा उच्च माबीको स्थापनाको भुमिकामा ( शिक्षण , बेडुपानी उमाबी ) !
~ २०६२/६३ – डडेलधुरामा जनआन्दोलनको नेतृत्व / जेल !
~ २०६३ – २०६९ – एसियाकै उत्कृष्ट जवाहरलाल नेहरु ( JNU ) बिश्वबिद्धालयमा वैदेशिक कोटाबाट  स्कलर , अन्तर्राष्ट्रिय राजनीति र कुटनितीक सम्बन्धमा P.HD
( सङ्गै नेपालको पत्रीका कान्तिपुर , ‘नेपाल साप्ताहिक’ र भारतको हिन्दुस्तान टाईम्सका लागि नियमित लेखन, कान्तिपुरको ‘नेपाल’ साप्ताहिकमा ८ पटक कभर स्टोरी प्रकाशन ) !
~ २०६९ – सर्बसम्मत एमाले जिल्ला अध्यक्ष !
~ २०७० – संविधान सभा चुनाब , पराजित !
~ २०७१ – पुन : एमाले जिल्ला अध्यक्ष निर्वाचित !
~ २०७१-२०७४ – जिल्लामा राजनीतिक र आर्थिक अभियान (पुईलेक एयरपोर्टको अध्ययन शुरूवात , उपक्षेत्रीय आन्दोलनको नेतृत्व)
~ २०७४ – आम निर्वाचन, प्रदेश ख – पराजित !
~ २०७४ – हालसम्म – सुदुर पश्चिममा कृषि उद्योगको स्थापन , बजारीकरणका लागि ७ पहाडी जिल्लामा किसान फर्स्ट अभियान !
डडेलधुरामा प्रदेशकै पहिलो ७७७ जना किसानको सहभागीतामा मेगा भाटमास कम्पनी ( सोया , प्यालेट , दूध , तेल , साबुन बन्ने ) किसानको आफ्नै कम्पनी ” फार वेस्टर्न एग्रो जाईन्ट लिमिटेड ” को स्थापना / संस्थापक !
~२०७८ नेकपा एकीकृत समाजबादी पार्टीको केन्द्रिय तथा उद्दमशीलता विकास बिभाग प्रमुख
~ २०७९ असोज – संग्लग्न राजनीतिक दल त्यागी स्वतन्त्र जनताको बिच जाने निर्णय !
~ २०७९ – प्रदेश सभा स्वतन्त्र उम्मेदवार (लाल्टिन ) जोशी विजयी

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo