KhabarUjyalo

झापा–५ मा भारी मतका साथ एमाले अध्यक्ष ओली विजयी

७ मंसिर २०७९, बुधबार
झापा–५ मा भारी मतका साथ एमाले अध्यक्ष ओली विजयी

काठमाडौं । झापाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् । अध्यक्ष ओली योसँगै छ पटक विजयी बनेका छन् ।

यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo