KhabarUjyalo

डडेल्धुराबाट सातौं पटक देउवा भारी मतान्तरले विजयी

७ मंसिर २०७९, बुधबार
डडेल्धुराबाट सातौं पटक देउवा भारी मतान्तरले विजयी

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। 


उनका निकटतम प्रतिस्पर्धीसंग १२ हजार ४९२ मतान्तरका साथ डडेल्धुराबाट सातौं पटक विजयी भएका हुन्। 

अन्तिम मतपरिणाम भएसंगै प्रधानमन्त्री देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका छन्। 

यस्तै देउवा पुर्व स्वकिय सचिब, नेपाली कांग्रेस डडेल्धुराका पुर्वसभापती एवं नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन्। 

प्रधानमन्त्री देउवा २०४८ सालदेखि लगातार डडेल्धुराबाट विजय हुदै आएका छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo