KhabarUjyalo

चितवन २ मा रवि लामिछानेले लिए अग्रता, कांग्रेसका उमेश श्रेष्ठ दोस्रोमा

६ मंसिर २०७९, मंगलवार
चितवन २ मा रवि लामिछानेले लिए अग्रता,  कांग्रेसका उमेश श्रेष्ठ दोस्रोमा

चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलो स्थानमा उक्लिएका छन् । पछिल्लो मत परिणाम अनुसार रविले ३ हजार ९४९ मत पाएका छन् । त्यस्तै दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठ छन् ।

उनले ३ हजार १७७ मत पाएका छन्  । तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल छन् । उनले २ हजार ७१२ मत पाएका छन् ।

पोखरेल सुरुवाती चरणमा पहिलो स्थानमा थिए । त्यस्तै रवि तेस्रो स्थानमा थिए । शहरी क्षेत्रको मत गणना गर्दा रविलाई अत्याधिक मत प्राप्त भइरहेकाे छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo