KhabarUjyalo

डडेल्धुरामा देउवा दोब्बर मतले अग्रता, सागर पछ्याउँदै कर्ण मल्ल तेस्रोमा

६ मंसिर २०७९, मंगलवार
डडेल्धुरामा देउवा दोब्बर मतले अग्रता, सागर पछ्याउँदै कर्ण मल्ल तेस्रोमा

डडेल्धुरा । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोब्बर मतले अग्रता कायम राखेका छन् ।

हालसम्म ११ हजार आठ सय ५९ मत गणना हुँदा उनले ६ हजार २८ मत प्राप्त गरेका छन् । देउवाका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार नौ सय ५९ मत प्राप्त गरेका छन् ।

तेस्रोमा नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार सात सय १८ मत प्राप्त गरेका छन् भने सात सय ४७ मत बदर भएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo