KhabarUjyalo

१० वटा निर्वाचन क्षेत्रमा मतगणना : घन्टी २, सूर्य ५ र रुख ३ सिटमा अगाडि

५ मंसिर २०७९, सोमबार
१० वटा निर्वाचन क्षेत्रमा मतगणना : घन्टी २, सूर्य ५ र रुख ३ सिटमा अगाडि

काठमाडौं-  बिहानदेखि १० वटा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। जारी निर्वाचन क्षेत्रमध्य ५ निर्वाचन क्षेत्रमा एमाले अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टी २ मा र कांग्रेस ३ क्षेत्रमा अगाडि छ भने माओवादी केन्द्रका प्रभावशाली नेताहरु नै पछि परेका छन्। 

गणना सुरू भएका झापा २, धनुषा ३, ललितपुरका तीनटै क्षेत्रमा एमाले अगाडि छ। एमालेका प्रभावशाली नेता महेश बस्नेत भक्तपुर- २ मा पछि परेका छन्। उनलाई कांग्रेसका दुर्लभ थापाले उछिनेका हुन्। 

यसैगरी भक्तपुर २, कास्की २ र मुस्ताङमा कांग्रेस अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिएका छन्। 

माओवादी केन्द्रकी नेता ऊर्जामन्त्री समेत रहेकी ललितपुर ३ पम्फा भुसाल निकटतम प्रतिनद्वन्द्वी समेत छैनन्। एमालेका अमृत खड्कासँग राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले प्रतिष्पर्धा गर्दैछिन्। 

यसैगरी मानुषी भट्टराई यमी काठमाडौं ७ मा चौथो नम्बरमा छिन्। घन्टीको अग्रता छ भने सूर्यले पछ्याइरहेको छ। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo