KhabarUjyalo

प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

३० कार्तिक २०७९, बुधबार
प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

काठमाडौं । भोजपुरको तिवारी भञ्ज्याङमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ ।

कार्यक्रममा आएको भोजपुर अरुण गाउँपालिका  घर भएका सुमल श्रेष्ठले बोकेको झोलामा भएको बम विस्फोट भएको हो । प्रहरीले ति युवालाई पक्राउ गरेको छ ।

विष्फोटका कारण सुमलको खुट्टामा चोट लागेको छ भने एक महिला सामान्य घाइते भएका छन् । 

उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत सम्बोधन गर्न जाँदैछन् । प्रचण्ड र महत कार्यक्रमस्थल भने पुगिसकेका छैनन् । 


बम विस्फोटको घटनाबारे बाँकी विवरण आउन बाँकी छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo