KhabarUjyalo

चुनावी सभालाई सम्बोधन गर्न देउवा आज गृहजिल्ला जाँदै

३० कार्तिक २०७९, बुधबार
चुनावी सभालाई सम्बोधन गर्न देउवा आज गृहजिल्ला जाँदै

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । देउवाले आज बिहान अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै आज नै बैतडीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि देउवा देश दौडाहामा छन् । भोलिरातीबाट चुनावी सभा गर्न रोक लाग्नेछ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo