धनगढीः नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अब सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट भएको बताएका छन्।
आइतबार जोगबुढामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले खगराजलाई भोट माग्दै अबको सुदूरपश्चिमको मुख्यमन्त्री भएको बताएका हुन्।
उनले माओवादी नेता भट्ट यहाँबाट निर्वाचन जिते यही गठबन्धन कायम रहे सुदूरपश्चिमको मुख्यमन्त्री बन्नसक्ने बताए ।
‘अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो,’ उनले भने, ‘मेरो पार्टीले भनिहाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्‚ तपाईंहरू जिताएर पठाउनुस्।’
नेकपा माओवादी केन्द्रका नेता भट्ट गठबन्धनको तर्फबाट डडेल्धुराबाट प्रदेश सभा क बाट उम्मेदवार छन्।
