डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेल्धुरामा ३२ किलोको माला लगाइएको छ। देउवाको निर्वाचन क्षेत्र तथा गृहजिल्ला समेत रहेको डडेलधुराको जोगबुढामा आयोजित चुनावी सभामा ३२ किलोको माला लगाइएको हो ।
सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको परशुराम नगर समितिले भित्री मधेस क्षेत्रका विभिन्न समस्या र सरोकार समेटिएका ३२ वटा मागसहितको ज्ञापनपत्र बुझाउँदै देउवालाई ३२ किलोको मालाले सम्मान गरेको हो।
