डडेल्धुरा— प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई कुल देवताको कृपाले ५ पटक देशको प्रधानमन्त्री भएको बताएका छन् ।
शुक्रबार गृहपालिका गन्यापधुराको बडालमा चुनावीसभालाई शुक्रबार सम्बोधन गर्दै देउवाले यस्तो कुरा बताएका हुन् ।
“लाटा गन्याप हाम्रो धरोहर हो, लाटो देवताको कृपाले प्रधानमन्त्री भएको छु, पाँच पटक प्रधानमन्त्री भएको छु, तपाईंको सहयोग भए फेरि प्रधानमन्त्री बन्ने मौका पाउनेछु” प्रधानमन्त्रीले भने ।
“यो ठाउँमा जन्मेर यो ठाउँको बिकास गर्नु मेरो कर्तव्य हो । धएरै बिकास गर्न बाकी नै छ।”
यस्तै मंसिर ४ गते संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ भएकोले गठबन्धनलाई मत दिन आग्रह गरे ।
