KhabarUjyalo

एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै, ओलीले सम्बोधन गर्ने

१८ कार्तिक २०७९, शुक्रबार
एमालेले आज दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै, ओलीले सम्बोधन गर्ने

धनगढी । नेकपा एमालेले शुक्रबारदेखि देशव्यापी चुनावी अभियान सुरु गर्ने भएको छ । चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट सुरु गर्न लागिएको हो । पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अभियानको शुभारम्भ गर्ने एमालेले जनाएको छ ।

अभियानको सुरु गर्न बिहीबार राति १० बजे श्रीएयरलाइन्सको विमानबाट ओली धनगढी आइपुगेका छन् । धनगढीस्थित रुवस होटलमा बसेका ओली बिहान ११ बजे हेलिकोप्टर मार्फत दार्चुला प्रस्थान गर्ने कार्यतालिका रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटीका एक नेताले जानकारी दिए ।ओलीले शुक्रबार नै बैतडीको पाटन र कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने चुनावी सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo