डडेल्धुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृहजिल्ला दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र आजै दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालमा हुने चुनावी सभालाई केन्द्रिय पार्टी सभापति देउवाले सम्बोधन गर्ने जिल्ला सभापति भीमबहादुर साउदले जनाएका छन् ।
देउवाले कार्तिक २० गतेसम्म जिल्लाका सातै पालिकाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवाले डडेल्धुराको बसपार्कमा भएको गठबन्धनकि शक्ति प्रदर्शनसहित चुनावी आमसभालाई सम्बोधन गरेका थिए ।
यस्तै कात्तिक १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्। कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाममा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ।
