KhabarUjyalo

देउवा आज गृहजिल्ला आउने भएपछि  डडेल्धुरामा गठबन्धनले शक्ति प्रदर्शन गर्ने

१७ कार्तिक २०७९, बिहीबार
देउवा आज गृहजिल्ला आउने भएपछि  डडेल्धुरामा गठबन्धनले शक्ति प्रदर्शन गर्ने

डडेलधुरा : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला आउने भएपछि सत्तारुढ गठबन्धनले डडेल्धुरामा शक्ति प्रदर्शन गर्ने भएको छ।

देउवाले बिहीबार दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने भएका हुन् । 

गठबन्धनले शक्ति प्रदर्शन गर्न गाउँगाउँबाट  नेता–कार्यकर्ता र समर्थकलाई जिल्ला सदरमुकाम ल्याउने तयारी गरेको छ । जिल्ला सदरमुकाममा सर्वसाधारण उतार्न ४५ वटा गाडी प्रयोग गरी सातै स्थानीय तहबाट आफ्ना नेता–कार्यकर्ता र समर्थकका लागि गाडीको व्यवस्था मिलाएको बाम- लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ। 

प्रधानमन्त्री गृहजिल्ला आउने भएपछि डडेल्धुराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। देउवाले कार्तिक २० गतेसम्म जिल्लाका सातै पालिकाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र सोही  दिनको दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्। कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाममा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo