KhabarUjyalo

शेरबहादुरजी सेटिङमा प्रधानमन्त्री भएको होइन : रामचन्द्र पौडेल

१५ कार्तिक २०७८, सोमबार
शेरबहादुरजी सेटिङमा प्रधानमन्त्री भएको होइन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा प्रधानमन्त्री हुने कुरामा सेटिङ नभएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा सोमबार विहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले संविधानको ब्याख्या अनुसार देउवा प्रधानमन्त्री भएको बताए ।

‘उहाँ संविधानत प्रधानमन्त्री बन्नु भएको हो । उहाँ प्रधानमन्त्री भएको कुुरा मैले सेटिङ मान्दिनँ । केपी ओलीजीले पटक पटक संसद विघटन गरी सरकार बन्ने बाटो बन्द गर्न खोजेपछि सर्वोच्च अदालतले संविधानको ब्याख्या गर्दै जाँदा शेरबहादुरजी प्रधानमन्त्री बन्नु भएको हो । त्यसमा सेटिङको कुरा छैन’, पौडेलले भने ।

‘काँग्रेसलाई कसरी नेपाली जनताको भरोसाको केन्द्र बनाऊ र लोकतन्त्रको वारेस काँग्रेसलाई कसरी बनाएर लोकतन्त्रलाई सुनिश्चित गर्ने भन्ने छ । यो मुलुकमा अझै लोकतन्त्र रक्षाका लागि संघर्ष गर्नुपर्छ भन्ने मैले अनुभूति गरेको छु’, उनले भने ।

यस्तै वर्तमान व्यवस्था नखलबलिने गरी संविधान संशोधन गर्न सकिने पौडेलको भनाई छ । उनले भने, ‘संविधान बनाउँदा केही कुरा छुटेको छ । त्यसलाई सम्बोधन गर्न काँग्रेसले संविधान संशोधन गर्न तयार भएको हो । तर एमालेले मानेन।’

नेपालले एउटा व्यवस्थाको टुंगो नलाग्नु विकासको बाँधा भएका भन्दै उनले संसदीय लोकतन्त्र नै समावेशी व्यवस्था भएको बताए । उनले अब कार्यतालिकामा तलमाथि हुने भन्दै मंसिरको २४ र २६ मा काँग्रेस महाधिवेशन हुने बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo