KhabarUjyalo

खान पुगोस, दिन पुगोस’द्वारा धनगढीमा देउसी–भैलो कार्यक्रम

५ कार्तिक २०८२, बुधबार
खान पुगोस, दिन पुगोस’द्वारा धनगढीमा देउसी–भैलो कार्यक्रम

धनगढी — धनगढीमा ‘खान पुगोस, दिन पुगोस’ अभियानले देउसी–भैलो कार्यक्रम गरेको छ । “संस्कृति जोगाऔं, सहयोगी समाज बनाऔं” भन्ने उद्देश्यसहित ‘खान पुगोस, दिन पुगोस’ले धनगढीमा देउसी–भैलो कार्यक्रम गरेको छ।

परम्परागत देउसी–भैलो जगेर्नासंगै सामाजिक सेवासँग जोड्दै देउसी–भैलोबाट संकलित रकम अशक्त, अशहाय, आश्रित तथा विपन्न परिवारहरूका लागि सहयोग गरिने अभियानका संयोजक घनश्याम भट्टले जानकारी दिए।

संयोजक भट्ट भने, “हाम्रो उद्देश्य केवल रमाइलो गर्नु होइन, देउसी–भैलोको संस्कृतिलाई जोगाउँदै त्यसैबाट संकलित रकम समाजका दु:खमा परेकाहरूलाई सहयोग पुर्‍याउने हो। यसले संस्कृतिको संरक्षणसँगै मानवीय सेवाको सन्देश पनि फैलाउँछ।”

देउसी भैलो कार्यक्रममा स्थानीय युवाहरू, समाजसेवी, व्यापारी र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ ।

‘खान पुगोस, दिन पुगोस’ अभियानले सुदूरपश्चिममा विपन्न परिवार र विद्यार्थीहरूलाई न्यानो लुगा, झोला र शैक्षिक सामग्री वितरण गर्दै आएको रहेको छ ।

 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo