KhabarUjyalo

अब अत्तरियाको HFC चिकेन रेस्टुरेन्टमा KG मा चिकेनका परिकार पाइने!

August 19, 2025
अब अत्तरियाको HFC चिकेन रेस्टुरेन्टमा KG मा चिकेनका परिकार पाइने!

अत्तरिया: कैलालीको अत्तरियामा अब चिकनप्रेमीका लागि HFC रेस्टुरेन्ट संचालनमा आएको छ । युवा व्यवसायी हेमराज नौन्यालले एक करोडभन्दा बढी लगानीमा गोदावरी नगरपालिका–१, धनगढी रोडस्थित कृष्ण मार्केटमा HFC रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। सोमबार गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले उद्घाटन गरेका छन ।

सञ्चालक नौन्यालका अनुसार, अनुभवी कुकमार्फत रेस्टुरेन्टमा केजीमा सबै प्रकारका चिकेनका परिकार उपलब्ध हुनेछन्। भने बालबालिकादेखि विद्यार्थी, युवायुवती र पारिवारिक समूहलाई लक्षित गर्दै स्वाद, सुविधा र मनोरञ्जनको संयोजन उपलब्ध गराउने लक्ष्य राखिएको छ।

यस्तै HFC मा पार्टी प्यालेस, व्यवस्थित क्याविन र पार्किङ सहितको रहेको छ ।

व्यवसायी हेमराज नौन्याल लामो समयदेखि अत्तरियामा पोल्ट्री व्यवसायी गर्दै आएका छन्।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo