डडेल्धुरा : नेपाल एसबीआई बैंक गन्यापधुरा शाखाले गन्यापधुरा २ बडालमा रहेको गणेश माध्यमिक विद्यालय अध्ययनरत बालविकास तहदेखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकालाई स्कुल झोला सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व तथा वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत उक्त सहयोग गरेको हो ।
सहयोगका साथै बैंकले स्कुलका अभिभावक तथा स्थानीय जनताहरूलाई वित्तीय साक्षरता तथा अभिमुखीकरण समेत गरेको थियो ।
उक्त कार्यक्रममा गन्याधुरा गाउँपालिकाका जनप्रतिनिधिहरू तथा गन्याधुरा गाउँपालिका कार्यालयका प्रशासकीय अधिकृत शिक्षा विभाग प्रमुख तथा बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो।
यसअघि बैंकले गन्यापधुरा गाउँपालिकामा विभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रमसंगै सहयोग गरेको थियो ।