KhabarUjyalo

गोकर्ण विष्टमा इमान हुन्थ्यो भने मलाई जिताउन झोला बोकेर हिँड्नुपर्थ्यो : झाँक्री

३० आश्विन २०७९, आईतवार
गोकर्ण विष्टमा इमान हुन्थ्यो भने मलाई जिताउन झोला बोकेर हिँड्नुपर्थ्यो : झाँक्री

प्रतिनिधिसभाका लागि गुल्मी क्षेत्र नं. २ बाट पाँच दलीय गठबन्धनको उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमालेबाट प्रतिस्पर्धी उम्मेदवार गोकर्ण विष्टमा राजनीतिक इमान नभएको बताएकी छन् । उनले विष्टमा राजनीतिक इमान हुन्थ्यो भने निर्वाचनमा आफूलाई जिताउन झोला बोकेर हिँड्नुपर्ने टिप्पणी गरेकी छन् । 

गुल्मीको अर्खबाङ्ग ठुलाचौरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै झाँक्रीले भनिन्, ‘गोकर्ण दाइबारे मलाई आलोचना र प्रशंसा गर्नु छैन, यसअघिका सबै निर्वाचनहरूमा म उहाँको लागि झोला बोकेर हिँडेकी थिएँ, यदि उहाँमा इमान हुन्थ्यो भने यसपटक मेरो झोला बोकेर हिँड्नुपर्थ्यो ।’  विद्यार्थी जीवनदेखि पार्टीको काम गरेर जनताको दुख सुखमा साथ दिएको उनले बताइन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo