काठमाडौँ । सत्तारुढ दलहरुको गठबन्धनले आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन लक्षित गरी संयुक्त रूपमा चुनावी भेलाहरु गर्ने भएको छ ।
मुलुकका सातवटै प्रदेशहरुमा संयुक्त भेला आयोजना गर्ने गठबन्धनको तालिका सार्वजनिक भएको छ । ती भेलाहरुमा गठबन्धन दलहरुका शीर्ष नेतासहित नेता–कार्यकर्ताहरुको उपस्थिति रहनेछ । कार्तिक ४ देखि ७ गतेसम्म हुने भेलाहरुमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरु र जिल्ला सभापति तथा अध्यक्षसहितको सहभागिता अनिवार्य बनाइएको छ ।
पहिलो संयुक्त भेला गण्डकी प्रदेशको राजधानी पोखरा र लुम्बिनी प्रदेशको राजधानी बुटवलमा कार्तिक ४ गते हुनेछ । सो भेलाहरुको समन्वय क्रमशः नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले गर्नेछ । यसैगरी कार्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को रोजधानी विराटनगर र मधेस प्रदेशको राजधानी जनकपुरमा, भेला हुनेछ । कार्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढीमा र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भेला हुने जनाइएको छ ।
काठमाडौंमा अन्तिम भेला कार्तिक ७ गते गर्ने कार्यतालिका छ । बागमती प्रदेश स्तरीय उक्त भेला हेटौँडामा नराखी काठमाडौँमै राख्ने र माओवादी केन्द्रले समन्वय गर्ने जनाइएको छ ।
हेर्नुस् तालिका-


