KhabarUjyalo

देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

२९ आश्विन २०७९, शनिबार
देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

डडेल्धुरा: डडेल्धुरामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेको छ। स्वतन्त्र उम्मेदवार ढकाललाई समर्थन गरिएको पार्टीले जनाएको छ।

‘राजनीतिक सिन्डिकेट तोड्ने अभियानमा सागर ढकालहरुको राजनीतिमा प्रवेश र हिम्मत मात्रैले पनि विशेष अर्थ दिनेछ। यस्तोमा बहालवाला प्रधानमन्त्रीका विरुद्धमा निर्वाचनमा होमिनु भएका सागर ढकालको कदमको प्रशंसा गर्दै डडेल्धुरामा सिरिन्ज (सुई) निर्वाचन चिह्न लिएका सागर ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले निःशर्त समर्थन गर्दछ’ राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुक पेजमा लेखिएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo