KhabarUjyalo

एक पटक मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बन्छु : रेखा थापा

२९ आश्विन २०७९, शनिबार
एक पटक मौका दिए जनताले गौरव गर्ने जनप्रतिनिधि बन्छु : रेखा थापा

मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनि बनेर देखाउने बताएकी छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी रेखाले शुक्रबार पथरीशनिश्चरेमा मतदातासँगको भेटमा यस्तो बताएकी हुन् । रेखाले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताइन् ।

यसअघि जितेका जनप्रतिनिधिले उक्त क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको उनले बताइन् । उनले आफू कुराभन्दा पनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाइन् ।

थापाले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा थुप्रै काम गर्ने बताइन् । ‘म आट लिएर यो क्षेत्र बनाउने महान अभियानमा जुटेको छु, मलाई एकपटक सेवा गर्न दिनुहोस्, सिर्फ पाँच वर्षका लागि,’ उनले भनिन्, ‘म यो ठाउँकी छोरी हुँ । धेरै बोल्न र नेताहरूजस्तो अभिनय गर्न जान्दिनँ । मलाई नेताहरूको जस्तो भाषण गर्न आउँदैन। कलाकारको तुलनामा नेताहरू बोल्न र अभियन गर्न सिपालु हुन्छन् ।’ उनले आफूलाई जिताए जनप्रतिनिधि भनेको रेखा जस्तै हुनुपर्छ भन्ने गौरव गर्न लायक बन्ने प्रतिवद्धता व्यक्त गरिन् । ‘यो क्षेत्रबाट हामीले धेरैलाई जनप्रतिनिधि बनाइसक्यौं तर उल्लेखनीय रूपमा सुधार हुन सकेन,’ उनले भनिन्, ‘यसैले पनि उम्मेदवारका रूपमा यहाँ आएकी हुँ ।.

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo