धनगढी : भाबी प्रधानमन्त्रीका रुप हेरिएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १० वर्षमात्र सक्रिय राजनीति गर्ने घोषणा गरेका छन् ।
महामन्त्री थापाले शुक्रबार सामाजिक संजाल फेसबुकमा मेरो संकल्प, अबको १० बर्ष लेख्दै आफ्नो एउटा भिडियो शेयर गरेका छन् ।
उक्त भिडियो महामन्त्री थापाले भनेका छन्- ‘म त जम्मा १० बर्ष हो, अब १० बर्ष काम गर्छु, मरेर काम गर्छु, जति सक्छु गर्छु, ठ्याक्कै १० बर्षपछि स्विच अफ गर्ने हो, आफ्नो बाटो लाग्ने हो, मैलेत त नयाँ मान्छेलाई ठाउँ दिने हो, त्यतिन्जेलसम्म नयाँ मान्छे राम्रा, खतरा आइसकेको हुन्छ, हुनै पर्यो।’
कांग्रेसका महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका छन् । उनी भावी प्रधानमन्त्रीको दाबी गर्दै आएका छन् ।

