KhabarUjyalo

भीम रावलको प्रश्न- प्रधानमन्त्री हुँदा आधा समय अस्पतालमा बिताउने ओली कसरी उम्मेदवार बने ?

२७ आश्विन २०७९, बिहीबार
भीम रावलको प्रश्न- प्रधानमन्त्री हुँदा आधा समय अस्पतालमा बिताउने ओली कसरी उम्मेदवार बने ?

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले उमेरले वृद्ध र शारीरिक रुपमा अशक्त भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवारीमा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि अछाम–१ को उम्मेदवारका लागि एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि पत्रकार सम्मेलन गर्दै नेता रावलले आधा समय अस्पतालमा बिताउँने ओली कसरी उम्मेदवार बन्न योग्य भए भन्दै प्रश्न उठाएका हुन् ।

नेता रावलले भने– ‘झण्डै दुईतिहाइको प्रधानमन्त्री हुँदा आधाभन्दा धेरै समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने तर देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसद् र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत एकल सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाउने किन ?’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo