काठमाडौं । नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीका मान्छेलाई टिकट नदिएर कमल थापालाई पार्टीको सुर्य चिन्ह दिएकोप्रती आक्रोश जनाएका छन् ।
उनले सामाजिक संजालमा सर्वसम्मत रूपमा एकल सिफारिस हुँदा पनि केन्द्रले अन्ययपूर्ण किसिमले आफूलाई टिकट नदिएको तर अन्य व्यक्तिलाई टिकट दिएको गुनासो गरे ।
उनले लेखेका छन्,‘अनैतिकताको नमूनाः कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिन्हमा लड्रने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसंग गर्ने ! नि. आ.ले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने। यस्तैलाई एमालेले बोक्ने! के हुन लाग्यो !’

