डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी रद्दको माग गर्दै कर्ण मल्लले उनी विरुद्ध उजुरी हालेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति भएकोले मल्लले उनी विरुद्ध उजुरी हालेका हुन् ।

नागरिकतामा २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको देउवाको मतदाता नामावलीमा २००२ ज्येष्ठ ३१ गते रहेको पाइएको छ ।
नागरिकता र मतदाता नामावलीमा फरक फरक मिति रहेको भन्दै उनको उम्मेदवारी विरुद्ध उजुरी परेको छ ।
मल्ल अघिल्लो पटक नेपाली काङ्ग्रेसबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पार्टी विपरीत क्रियाकलाप गरेको भन्दै पार्टीले सदस्य समेत नरहने गरि कार्वाही गरेको थियो । बिपी कांग्रेसमा प्रवेश गरेका थिए । उनी बिपी कांग्रेसका वरिष्ठ उपसभापति हुन् । उनी यसपटक देउवा विरुद्ध चुनावी मैदानमा रहेका छन् ।

