धनगढी : राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र शक्तिपीठको दर्शनपछि उम्मेदवारी दर्ता गर्ने भएका छन् । आज उम्मेदवारी दर्ता गर्नुअघि काठमाडौं क्षेत्र नं १ को प्रशिद्ध शक्तिपीठ, कालिकास्थान मन्दिरमा पूजा गर्दै आशिर्वाद लिएका हुन् ।
सामाजिक संजाल फोटो शेयर गर्दै लेखेका छन् ।
‘आज उम्मेदवारी दर्ता गर्नुअघि काठमाडौं क्षेत्र नं १ को प्रशिद्ध शक्तिपीठ, कालिकास्थान मन्दिरमा पूजा गर्दै आशिर्वाद लिएका छु । अब १.३० बजे मनोनयन केन्द्र, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा उपस्थित हुनेछौं।’
यसअघि २०७४ सालको निर्वाचनमा पनि मिश्र काठमाडौं क्षेत्र नम्बर १ मै विवेकशील साझा पार्टीबाट नेपाली कांग्रेस नेता प्रकाशमान सिंहसंग पराजित भएका थिए । यसपटक राप्रपाबाट हलो चुनाब चिन्हबाट प्रकाशमान सिंहसंग चुनाव लड्दै छन्

