काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाएनन् । यसअघि मोरङको निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले सुजाता कोइरालालाई टिकट दिएकाे छ ।
कांग्रेस क्षेत्रीय समितिले सुजाता र मिनेन्द्रको नाम सिफारिस गरेको थियो ।
सुजाताले प्रतिनिधिसभा सदस्यको टिकट पाइसकेको कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले बताए । २०७४ सालमा मिनेन्द्रले एमालेका ऋषिकेष पोखरेललाई पराजित गरेका थिए । यसअघि कांग्रेसको चौधौं महाधिवेशनमा नेता रिजाल शेखर कोइराला समूहबाट महामन्त्रीको प्रत्याशी थिए ।

