KhabarUjyalo

गगन थापा काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट चुनाव लड्ने

२२ आश्विन २०७९, शनिबार
गगन थापा काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट चुनाव लड्ने

काठमाडौँ – कांग्रेस महामन्त्री गगन थापा काठमाडौँ–४ छाडेर सर्लाही –४ बाट उम्मेदवार बन्ने भएका छन्।

गठबन्धनबाट कांग्रेसको भागमा परेको सर्लाही–४ का लागि थापाले आइतबार मनोयन दर्ता गराउने उनका निकट केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए।

उनी सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमरेशकुमार सिंहलाई टिकट नदिन संस्थापन पक्षले चाहेको थिए।

त्यहीँ चाहनामा थापाले काठमाडौँ छाडेर सर्लाही जाने भएका हुन्। २०६४ सालमा समानुपातिकबाट सांसद बनेका थापा २०७० र २०७४ मा काठमाडौँ –४ बाटै निर्वाचित भएका थिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo