KhabarUjyalo

भीम रावलले अछाम १ बाटै स्वतन्त्र उम्मेदवारी दिने चर्चा !

२२ आश्विन २०७९, शनिबार
भीम रावलले अछाम १ बाटै स्वतन्त्र उम्मेदवारी दिने चर्चा !

धनगढी : नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नपाएपछि अछाम १ बाटै स्वतन्त्र उम्मेदवारी दिने चर्चा सुरु भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतवार उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम रहेको छ । नेता आज निर्णय गर्ने बताएका छन् ।

लगातार तीनवटा निर्वाचनमा अछाम १ बाट विजयी भएका रावलले यसपटक पार्टीबाट टिकट नपाउने निश्चित भएको छ। रावलको ठाउँमा माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका झपट बोहोरा एमालेको उम्मेदवार बनाउन पार्टीले निर्णय गरिसकेको छ । अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसम्मतिले उम्मेदवार सिफारिस गरेको थियो ।

माधव नेपालनिकट भनेर चिनिएका रावलले पार्टी बिभाजन हुँदा एमालेमै रहेका थिए । गतवर्ष चितवनमा भएको एमालेको दशौं महाधिवेशनमा एमाले अध्यक्षमा केपी ओलीसँग प्रतिष्पर्धा गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo