KhabarUjyalo

भीम रावलको टिकट खोसियो, झपट बोहोरालाई दिइयो

२१ आश्विन २०७९, शुक्रबार
भीम रावलको टिकट खोसियो, झपट बोहोरालाई दिइयो

धनगढी : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले अछाम–१ मा नेता भीम रावललाई छाडेर झपट बोहोरालाई टिकट दिएको छ ।

नेकपा माओवादी केन्द्र छोडेर एमालेमा भित्रिएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्जसमेत हुन् । रावलसँग अनेक तिक्तता खेपेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रावललाई सबक सिकाउन लागि पनि बोहोरलाई टिकट दिएको बताइएको छ ।

टिकट वितरणको अन्तिम जिम्मेवारी अध्यक्ष ओलीलाई दिइएको छ
। र, ओलीले अछाम १ मा बोहोरलाई नै टिकट दिने अन्तिम निर्णय गरिसकेका छन् ।

तर, उता अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसम्मतिले उम्मेदवार सिफारिस गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo