KhabarUjyalo

भीम रावल र घनश्याम भुसालको टिकट खोसिने !

२१ आश्विन २०७९, शुक्रबार
भीम रावल र घनश्याम भुसालको टिकट खोसिने !

काठमाडौं : नेकपा एमालेका प्रभावशाली नेताद्वय भीम रावल र घनश्याम भुसालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाउने भएका छन् ।

आफू नेतृत्वको सरकार ढाल्नका लागि अगुवाइ गरेको भन्दै रावल र भुसालसँग अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट रहँदै आएका थिए । विगतमा माधवकुमार नेपाल निकट मानिने रावल र भुसाल लगायत १० जना नेताहरू माधव नेपाल क्याम्प छाडेर एमालेमै रहेका थिए ।

राप्रपासँगको चुनावी तालमेलका कारण भुसालको टिकट खोसिन लागेको हो । तालमेल गर्दा रुपन्देही–३ राप्रपा नेता दीपक बोहोराले पाउने भएका छन् । 

दसौं महाधिवेशनमा एमाले अध्यक्ष हुन रावलले ओलीलाई चुनौती दिएका रावल पछिल्ला ३ वटा निर्वाचनमा अछामबाट लगातार निर्वाचित हुँदै आएका छन् । यसपटक टिकट पाउन मुस्किल रहेको छ । बालकोटमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता रावल सम्पर्कमै नरहेको भन्दै एमालेका सुदूरपश्चिम प्रदेशका नेताहरूसँग चासो राखेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo